चितवन: चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । चितवन उद्योग संघले स्थापना गरेको अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलमा मत गणना सुरु गरिएको हो ।
मुख्य निर्बाचन अधिकृत रितेन्द्र थापाका अनुसार चितवन क्षेत्र नम्बर २ को इच्छाकामना गाउँपालिका वडा नम्बर १ राष्ट्रिय माध्यामिक बिद्यालय हात्तिवाङ र राष्ट्रिय आधारभूत बिद्यालय भाराङ्को मत गणना सुरु गरिएको हो । हात्तिवाङ्मा ८०५ मतदाता रहेकोमा ५६५ मत खसेको छ । यस्तै भाराङ्मा ८०९ जना मतदाता रहेकोमा ५६१ मत खसेको छ । दिउँसो १ वजेबाट मत गणना गरिने भनिएको भए पनि ढिला गरी गणना सुरु गरिएको हो । यस क्षेत्रमा ६७.३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन् ।
क्षेत्र नम्बर ३ मा पनि मत गणनाको तयारी भईरहेको छ । यस क्षेत्रमा ६५.४१ प्रतिशत मात्रै मत खसेको यहाँका निर्वाचन अधिकृत हरिसिं धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ४४ हजार २८३ मतदाता छन् । क्षेत्र नम्बर १ को मत गणना भईरहेको छ ।
जिल्लाभर ४ लाख ८ हजार ३४२ मतदाता रहेका छन् । १ सय ६१ मतदान स्थलमा रहेका ४ सय ६० मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन ।






