चितवनः तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लाका सबै क्षेत्रमा आज बिहानबाट मत गणनाको तयारी गरिएको छ । आइतबार राती अबेर सम्म मतपेटीका ल्याउन र बुझ्न समय लागेपछि आज बिहान सर्बदलिय बैठक राखिएको छ ।
मुख्य निर्बाचन अधिकृत रितेन्द्र थापाका अनुसार सर्बदलिय वैठक पछि मत गणना गरिर्दै छ । क्षेत्र नम्बर १ मा बिहान ११ वजेबाट मतगणना सुरु हुने छ भने २ मा दिउँसो १ वजेबाट हुने छ । क्षेत्र नम्बर ३ ले बिहान ९ वजे सर्बदलिय बैठक बोलाएको भए पनि अहिले बैठक जारी रहेको छ । बैठक पछि लगत्तै गणनाको तयारी गरिएको छ ।
जिल्लाको क्षेत्र नं १ मा ६८.७३ प्रतिशत मत खसेको छ । सो क्षेत्रमा १ लाख ३९ हजार ८४५ मतदाता रहेका छन् । क्षेत्र नम्बर २ मा ६७.३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन् ।
क्षेत्र नम्बर ३ मा ६५.४१ प्रतिशत मात्रै मत खसेको यहाँका निर्वाचन अधिकृत हरिसिं धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ४४ हजार २८३ मतदाता छन् ।
जिल्लाभर ४ लाख ८ हजार ३४२ मतदाता रहेका छन् । उनीहरु मध्ये महिला २ लाख ९ हजार ३०९ र पुरुष एक लाख ९९ हजार ३२ जना रहेका छन् । १ सय ६१ मतदान स्थलमा रहेका ४ सय ६० मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन ।

प्रतिक्रिया दिनुहोस !