काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश सभा सदस्यको मतपत्रमा स्वस्तिक छाप नलगाई मत खसालेका छन् । उहाँले आज बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मत खसाले तर प्रत्यक्ष र समानुपातिक दुवैमा उहाँले स्वस्तिक छाप लगाउनुभयो ।

उहाँले चितवन क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएको छ । मतदाता नामावलीमा उनको नाम चितवनमा नभएकाले उहाँले आफूले आफैंलाई भोट हाल्न पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस !