चितवनः प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिदैं जाँदा जिल्लाको मुख्य शहरी क्षेत्रका तीन स्थानमा शंकास्पद बस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १० आँखा अस्पताल नजिक र वडा नम्बर १२ आस्था चोकमा शंकास्पद बस्तु भेटिएको हो ।
कार्यालयका प्रबक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार दुई स्थानमानै निर्वाचन बिरोधि गतिबिधि गर्ने समुहले प्रेसर कुकरमा शंकास्पत बस्तु राखेका हुन । निर्वाचनको समयमा त्रास फैलाउनका लागि यस्तो गरिएकको हुन सक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त बस्तुलाई आज बिहान ३ः३० वजे निस्कृय पारिएको कार्यालयले जनाएको छ ।
यस्तै भरतपुर माहानगरपालिका वडा नम्बर १६ वडा कार्यालय नजिक सिलिण्डरमा आगो लगाएर छोडेको पाईएको पण्डितले वताउनु भयो । सो शिलिण्रलाई सुरक्षित स्थानमा राखिएको उहाँले जानकारी दिनु भयो ।






