चितवनः प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ । चितवन क्षेत्र नम्बर २ मा लोकतान्त्रीक बाम गठवन्धनका तर्फबाट उम्मेदवार रहनुभएका नेपाली काङ्ग्रेसका नेता श्रेष्ठको गाडी चुनावी प्रचारमा रहेको बेला भरतपुर महानगरपालिका वडा नम्बर १० पुरानो मेडिकल कलेज नजिक रेडक्रस चोकमा आज तोडफोड भएको हो । उहाँको बा ३ च २०५० नम्बर को गाडीमा इट्टा प्रहार भएको हो । संगै रहेको प्रदेश ३–०१–२४ च ९०६१ नम्बरको गाडीमा समेत इट्टा प्रहार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घरदैलो गर्ने क्रममा पार्किङ गरी राखिएको गाडीमा मोटरसाइकल चढेर आएका ५÷६ जनाको समुहले इँटा प्रहार गरि तोडफोड गरेको प्रहरीले जनाएको छ । दुबै गाडीको अगाडिको सिसामा क्षति पुगेको कार्यालयका प्रबक्ता प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । श्रेष्ठको गाडीको भाइजर समेत फुटेको छ । गाडी माथि आक्रमण निर्वाचन बहिस्कार समुहबाट भएको आशंकामा अनुसन्धान थालिएको र तोडफोड गर्नेहरुको खोजि भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !