चितवनः नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार चितवन आउँदै हुनुहुन्छ । एमाले चितवनले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्न ओली चितवन आउन लाग्नुभएको हो । गेस्ट हाउस चौरमाहुने चुनावी आम सभालाई एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि सम्बोधनगर्ने कार्यक्रम छ ।
चुनावी सभामा जिल्ला भरबाट २५ हजार भन्दा बढी जनता सहभागी हुने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो । भरतपुरका तीन ठाउँमा जम्मा भएर कार्यक्रम स्थलको लागि ¥याली निस्कने उहाँले बताउनुभयो । उहाँका अनुसार केन्द्रिय बसपार्क चोक, मालपोत चोक र चौविसकोठीबाट ¥याली निस्कने छ ।
एमाले अध्यक्ष ओली भोलि बिहान साढे ११ बजे कार्यक्रम स्थलमा आइपुग्ने उहाँलेले जानकारी दिनुभयो । भोलि नै अन्य जिल्लामा समेत कार्यक्रम तय भएकाले दिउँसो १ बजेसम्म ओलीले आफ्नो सम्बोधन सकिसक्ने छन् । आम सभालाई व्यवस्थितबनाउन नेकपाएमाले चितवन, निर्वाचन परिचालन कमिटी बनाइएको छ ।





