चितवनः धितोपत्र बजारमा काम गर्दै आएको डाइनामिक मनि मेनेजर्स सेक्युरिटीज प्रालीको शाखा कार्यालय भरतपुरमा सुरु भएको छ । शाखाको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारीले आज उद्घाटन गर्नुभएको हो ।

धितोपत्र बजार नियमनको अन्तराष्ट्रिय संस्था आईओएससिओ को आव्हानमा संस्थागत समाजिक उत्तरदायीत्व अन्तर्गत शेयर सम्बन्धी विश्व लगानीकर्ता सप्ता २०२२ को अबसरमा शाखाको उद्घाटन तथा धितोपत्र सम्बन्धि जानकारी दिईएको हो । कार्यक्रममा बोल्दै अधिकारीले धितोपत्र बजारले देशको अर्थतन्त्रको अबस्थालाई निक्र्याेल गर्ने बताउनुभयो । यसले बिकास र सम्बृद्धिका लागि महत्वपूर्ण योगदान दिएको भन्दै उहाँले धितोपत्र बजारमा लगानी गर्नका लागि बुझेर मात्र आउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “अचल पूजीलाई चलमा परिणत गरेर लगानी दिन सक्नु पर्छ ।”

कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले सर्बसाधारणलाई घरमानै बसेर कमाउने ठाउँको रुपमा परिणत भएको धितोपत्र बजारमा सोचेर लगानी गर्ने समय आएको बताउनुभयो । आर्थिक तरलताका कारण बजारमा पैसाको अभाव देखिएको भन्दै उहाँले राम्रो संग बुझेर काम गर्न नसके धितोपत्र वजारले समेत समस्या उत्पन्न गराउने उहाँको भनाई थियो ।

नेपाल धितोपत्र बोडका उपकार्यकारी निर्देशक नारायण शर्माले धितोपत्र कम्पनीहरुको सेवा जनमानसमा पुग्न सकेमा धितोपत्र बोडको दोस्रो बजारले समेत राम्रो स्थान लिन सक्ने बताउनुभयो । सर्बसाधारणमा दोस्रो बजारको बारेमा ज्ञान हुन जरुरी रहेको उहाँको भनाई थियो । सेक्युरिटीज प्रालीका कार्यकारी अध्यक्ष मधु जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अधिकृत देवराज रिजाल, टिम भेन्चर्स नेपालका कार्यकारी प्रमुख तेन्जिन सोनाम गोन्सार लगाएतले सम्बोधन गर्नुभएको थियो । सो अबसरमा स्टक ब्रोकर एशोसीयसनका अध्यक्ष सन्तोष मैनालीले तरलताको अभावको अहिलेको अबस्थामा शेयर बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने बिषय लगाएतका बारेमा जानकारी गराउनु भएको थियो । यस्तै नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक शर्माले धितोपत्र सम्बन्धि सेवोन र लगानी कर्ता बिचको सम्बन्ध, कानुनी व्यवस्था, नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्साल, र देवराज रिजालले धितोपत्रका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !