चितवनः प्रधानमन्त्री एबं नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले स्थायी शान्ति र बिकासका लागि लोकतान्त्रीक बाम गठवन्धनले निर्वाचन जित्नुपर्ने बताउनुभएको छ । लोकतान्त्रीक–बाम गठवन्धन चितवनले आज यहाँ आयोजना गरेको बिशाल आमसभालाई सम्बोधन गर्दै उहाँले यो राष्ट्रलाई स्थायी शान्ति स्थापित गर्न र स्रोतको बिकास गरेर देशलाई धनी वनाउन गठवन्धनले जित्नुपर्ने बताउनुभयो ।
देशमा राष्ट्रिय एकता स्थापित गरेर सम्पूर्ण नेपालीलाई एक बनाउनुपर्ने भन्दै उहाँले भन्नुभयो “आफ्नै देशमा उद्योग खोलेर जलश्रोतको बिकास गरेर नेपाललाई सम्पन्न बनाउनु पर्छ ।” उहाँले थप्नुभयो “नेपाल भित्रै रोजगारको सृजना गरि कोहि पनि बिदेश जानु नपरोस् भन्ने चाहान मेरो छ ।”
ठूलो संघर्षबाट प्राप्त भएको गणतन्त्र स्थायी रुपमा स्थापित गर्न र संघिय शासन व्यवस्था, समाबेशी शासन व्यवस्था, हिमाल, पहाड मधेस, मेचि महाकाली सम्मको भूभागलाई एक वनाएर लैजाने आफ्नो प्रयास रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो “यसलाई अझबढी एकताबद्ध बनाउने भन्ने हो ।” यसैका लागि अहिले गठवन्धनको सरकार रहेको र भोलि पनि हुनु पर्ने उहाँले बताउनुभयो । गठवन्धनको जित भएमा राष्ट्रिय एकता स्थापित हुने उहाँको बिश्वास थियो । उहाँले भन्नुभयो “गठवन्धनको एकता भएर अघि वढ्यो भने नेपाल राष्ट्र सच्चा मानेमा समाबेशी, समानुपातीक मात्रै नभएर राष्ट्रिय एकता पनि स्थापित हुने बिश्वास लिएको छु ।” अहिलेको संबिधानमा मनपरि तरिकाले संसद बिघठन गर्ने अधिकार नभएको भन्दै उहाँले भन्नुभयो “अहिलेको संबिधानमा मनपरि तरीकाले संसद बिघठन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन ।”
तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलीले संबिधानलाई आफ्नो खेलाउन जस्तो गरेर दुई पटक बिघठन गर्नुभएको भन्दै उहाँले त्यसलाई सबै मिलेर फिर्ता ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो “हामीले त्यसको खिलापमा संसद फिर्ता ल्याउने काममा लाग्यौ । अन्त्यमा हामी सफल भयौं ।” स्थानिय तहको निर्वाचनमा यहाँबाट बिजयको सुरुवात भएको भन्दै प्रधानमन्त्री देउवाले प्रदेश र संघकको निर्वाचनमा पनि बिजयीको सुरुवात चितवनबाटै होस भनेर आँफु यहाँ आएको बताउनुभयो । बिजयीको जस पनि चितवनका जनताले लिन पाउने उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला र ऐतिहासीक महत्व वोकेको ठाउँ भएकाले चितवनको महत्व निकै ठूलो भएको उहाँले बताउनुभयो ।
जिल्लाका तीनै क्षेत्रमा गठवन्धनका उम्मेदवारलाई जिताउनु पर्ने भन्दै उहाँले गठवन्धनको उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले आउँदा तीन निर्वाचन सम्म गठवन्धन अघि बढाउनु पर्ने भन्दै सबैलाई इमान्दारीताका साथ गठवन्धनको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका पूर्ब सभापति बिकास कोईरालाको कारवाही फिर्ता गर्न माग गर्दै ज्ञापनपत्र पेश गरेपछि पार्टी सभापति समेत रहनु भएका देउवाले निर्वाचन जिताए पछि कारवाही फिर्ता गर्ने आश्वासन दिनुभयो । उहाँले भन्नुभयो “चुनाब जिताएकै भोलिपल्ट कारवाही फिर्ता गर्छु ।” देउवाले आँफुलाई कसैलाई पनि कारवाही गर्ने मन नभएको बताउनुभयो । तत्कालिन पार्टी सभापति शुशिल कोईराला संग बागी उम्मेदार वने पछि कोईरालालाई पार्टीले कारवाही गरेको थियो ।





