चितवनः नेकपा माओवादी केन्द्रका अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रतिगमनको खतरा कायम रहेसम्म गठबन्धन रहने बताउनु भएको छ । लोकतान्त्रीक बाम गठवन्धन चितवनले आज यहाँ आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले प्रतिगमनका बिरुद्धका लागि गठवन्धन वनेको बताउनुभएको हो ।
अध्यक्ष दाहालले संबिधान र गणतन्त्रको रक्षाका लागि गठवन्धन वनेको बताउँदै भन्नुभयो “निकै दुःख गरि गठवन्धन वनाईएकाले प्रतिमको खतरा नटरे सम्म कायमै रहन्छ ।” प्रतिगमनको खतरा कम हुँदै गएको भन्दै उहाँले थप्नुभयो “जतिवेला सम्म राजनैतिक दुर्घटनाको खतरा रहि राख्छ, प्रतिगमनको खतरा रहि राख्छ त्यतिबेला सम्म गठवन्धन कायम रहन्छ ।”

मंसिर ४ गते प्रतिगमनले टाउको उठाउन नसक्ने गरी एकताको प्रदर्शन गरेर गठबन्धनका उम्मेदवारई विजय गराएपछि राजनीतिक दुर्घटना गराउन खोज्ने पराजित भएर जाने उहाँले बताउनुभयो । आगामी निर्वाचनलाई जनमत संग्रहको संज्ञा दिदै उहाँले भन्नुभयो “यो निर्वाचन अग्रगमन र प्रतिगमन के रोज्ने भनेर आफ्नो मत जाहेर गर्ने समय हो ।” गठवन्धनको वहुमत सुनिश्चित रहेको भन्दै उहाँले अत्याधिक बहुमत ल्याउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो “हामीले सरकार गठन गर्नका लागि मात्र गठवन्धन वनाएका होइनौ । यो देशमा स्थिरता र बिकासका लागि हो ।” राजनैतिक दुर्घटनाबाट देश बचाउनका लागि बनेको गठवन्धन भएको हुनाले हिजोका धेरै प्रयोगहरु सफल र असफल भएको भन्दै उहाँले ५,१०, १५ वर्ष जति सकिन्छ अघि वढ्ने बताउनुभयो ।

संविधानसभामा संविधानको घोषणा भएपछि जे अपेक्षा गरिएको थियो तर संविधानमा हस्ताक्षर गरेका दलहरु नै च्यात्ने काम भएको उहाँले बताउनुभयो । चितवनबासीले बि. सं. २०७४ सालमा विजयी बनाएर विकासको मोडल दिने अवसर दिएको बताउनुभयो । उहाँले भन्नुभयो “चितवनमा धेरै परियोजनाहरु ल्याएर धेरै काम भएका छन् । सडक सञ्जाल, शिक्षा, रोजगारी सबैकुरा तपाइँहरुलाई कण्ठै छ ।” अबको आफ्नो जीवन बिकास र आर्थिक सम्बृद्धिका लागि संकल्प गरेको भन्दै उहाँले कसैको डर, धम्किमा नलागी गठवन्धनलाई बिजयी गराउन आग्रह गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादीका केन्द्रिय उपाध्यक्ष केशबलाल श्रेष्ठले शान्ति र सम्बृद्धिका लागि गठवन्धनको पक्षमा लाग्न आग्रह गर्नुभयो । उहाँले एक अर्का बिचमा इमान्दारीता प्रस्तुत गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले स्थायी सरकार र देशको सम्बृद्धिका लागि गठवन्धन बनेको र यसलाई जिताउनु पर्ने बताउनुभयो । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डिला संग्रौलाले महिला हिंसका बिभेदकारी कानुन परिमार्जन गर्ने अठोट व्यक्त गर्नुभयो । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा एकिकृत समाजबादीका केन्द्रीय सदस्य कृष्ण खनाल, लोकतान्त्रीक बाम गठवन्धनबाट चितवन क्षेत्र नम्बर १ का उम्मेदवार डा. बिश्वनाथ पौडेल, २ का उम्मेदवार उमेश श्रेष्ठ र ३ का उम्मेदवार डा. भोजराज अधिकारीले गठवन्धन विजयी भए संगै मुलुकमा शान्ति र सम्बृद्धि कायम हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !