चितवनः जिल्लामा मंसिर ४ गते हुने प्रतिनिधि सभा एबं प्रदेश सभा सदस्य निर्वाचनको प्रचार प्रसार तिब्र पारिएको छ । यहाँबाट जनप्रतिनिधि वन्न उम्मेदवार बनेकाहरु यतिबेल घरदैलो र चुनाबी सभामा व्यस्त रहेका छन् । यसै सन्दर्भमा सत्ता गठवन्धनले आज चुनाबी आमसभाको तयारी गरेको छ ।
नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार सो चुनाबी सभालाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री एबं नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवा सहितका शिर्ष नेताहरु जिल्ला आउन लाग्नुभएको छ । सभालाई सम्बोधन गर्नका लागि तीन जना पूर्ब प्रधानमन्त्रीहरु समेत आउने कार्यक्रम रहेको छ । उहाँका अनुसार पूर्ब प्रधानमन्त्री एबं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल“प्रचण्ड”, पूर्ब प्रधानमन्त्री एबं नेकपा समाबादीका अध्यक्ष माधब नेपाल, पूर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले चुनाबी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मीराज नेपालीले पनि सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको उहाँले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित गेष्टहाउस चौरमा हुने आमसभालाई सम्बोधन गर्न शिर्ष नेताहरु शनिबार चितवन आउन लाग्नुभएको हो । प्रधानमन्त्री सहित शिर्ष नेताहरु चितवन आउने भए पछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाईएको छ । हरेक चोकमा प्रहरी तैनाथ गरिएको छ भने सूरक्षा जाँचलाई समेत कडाई बनाईएको छ ।
यस्तै नेकपा एमालेले समेत चितवनमा चुनाबी सभा गर्दै छ । कात्तिक २८ गते गर्ने भनिएको चुनाबी सभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी ओली चितवन आउने कार्यक्रम रहेको नेकपा एमाले चितवनले जनाएको छ । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १० को गेष्टहाउस चौरमानै हुने सभामा ओली सहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !