चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित कृषि तथा वन बिज्ञान बिश्वविद्यालय अगाडी म्याजिकले मोटरसाईकललाई ठक्कर दिादाँ दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मृत्यु हुनेमा म्याजिकमा सवार स्याङ्जाका २४ बर्षिय नविन नेपाली र मोटरसाईकल चालक भरतपुर महानगरपालिका वडा नम्बर ५का ४० वर्षिया यज्ञशर्मा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शर्माको उपचारका क्रिममा चितवन मेडीकल कलेजमा मृत्यु भएको हो भने नेपालीको उपचारका क्रममा ल्याउदैं गर्दा बाटोमानै मृत्यु भएको हो । घाईते हुनेमा म्याजिकमा सवार भरतपुर महानगरपालिका वडा नम्बर २० का २० वर्षिय आशिष नेपाली र मोटरसाईकलमा सवार भरतपुर महानगरपालिका वडा नम्बर ५ का ३९ वर्षिय श्याम खरेल रहेका छन् । नेपालीको पुरानो मेडीकल कलेज र खरेलको चितवन मेडीकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक बिजयराज पण्डितका अनुसार भरतपुरबाट शारदानगर तर्फ जाँदै गरेको ना १ ज ५६०५ नम्बरको म्याजिकले बिपरित दिशाबाट आउँदै गरेको ना ३३ प २५३ नम्बरको मोटरसाईकललाई बिहिबार राती ९ः२५ वजे ठक्कर दिएको थियो । मोटरसाईकललाई ठक्कर दिने म्याजिक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !