चितवन, कात्तिक २३। आगामी मङ्सिर ४ गते हुने निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवारलाई घरदैलो गर्न र भोट माग्न भ्याइनभ्याइ छ । उम्मेदवारले मतदातालाई निर्वाचित भएपछि जनताका विविध समस्या समाधान गर्ने आश्वासन दिँदै आइरहेका छन् । भोट माग्दै हिँड्ने उम्मेदवारलाई चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका मतदाताले भने वन्यजन्तुका समस्या समाधान गरिदिन अनुरोध गरेका छन् ।

मङ्गलबार भोट माग्दै भरतपुरका विभिन्न क्षेत्र पुग्नुभएका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार डा भोजराज अधिकारी समक्ष नागरिकले स्थानीय समस्याबारे गुनासो गरे । गोब्रेनीका स्थानीय सीतामान तामाङले भन्नुभयो, “बँदेलले खेती खायो, गैँडा, चित्रीले पनि हैरान बनायो, तार लगाउनपर्छ, डा सावले पहल गरिदिनुहोला ।” उहाँले नारायणी तटबन्धलाई कार्यान्वयन गरेर बाढीको समस्या समाधान गरिदिनसमेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !