चितवन: नेपाली काङ्ग्रेको घोषाणा पत्र कार्यान्वयनका लागि पनि गठवन्धनले निर्वाचन जित्नु पर्ने काङ्ग्रेस नेताहरुले बताएका छन् । नेपाली काङ्ग्रेस चितवन काठमाडौं सम्पर्क समितले आज यहाँ आयोजना गरेको अबको नेपाल काङ्ग्रेसको संकल्पमाथि छलफल कार्यक्रममा बोल्ने काङ्ग्रेसका नेताहरुले अबको सरकार काङ्ग्रेसको नेतृत्वमा बन्ने भएकाले गठवन्धनले जित हाँसिल गर्दा मात्र काङ्ग्रेसको घोषणाा पत्र कार्यान्वयनमा आउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रय सदस्य डा. मिनेन्द्र रिजालले काङ्ग्रेसले काङ्ग्रेसले बोलेको कुरा गर्ने भएकाले अब सपनाको पछि नलाग्न आग्रह गर्नु भयो । उहाँले भन्नुभयो “जनतालाई साथ लिएर हिड्ने पार्टी भनेको काङ्ग्रेस हो ।” काङ्ग्रेसले आफ्नो प्रतिबधताको लेखाजोखा गर्ने उहाँको भनाई थियो । काङ्ग्रेसले जनतामाझ गरेकाे आफ्नो प्रतिबद्धताको लेखाजोखा गर्ने उहाँको भनाई थियो । उहाँले थप्नुभयो“हामी अरुले झै सपना देखाउँदैनै ।”
काङ्ग्रेसले यथार्थतामा काम गर्छ सपना बाँड्दैन उहाँको भनाई थियो । उहाँले काङ्ग्रेसले राज्यमा हुन सक्ने कुरा बोलेको भन्दै आम जनमानसमा काङ्ग्रेसले गरेको कामको प्रचार नहुँदा समस्या आएको बताउनुभयो । अहिले गरेको संकल्प जनताको पक्षमा भएकाले जनताले बिश्वास गर्ने गरी काम गर्न नेपाली काङ्ग्रेस तयार रहेको बताउनुयभो ।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका अर्का केन्द्रिय सदस्य प्रा. डा. गोबिन्द पोख्रेलले नेपाली काङ्ग्रेसले जनताको कोख देखि शोक सम्म काम गर्ने गरी संकल्प गरेको बताउनुभयो । समाजबाद काङ्ग्रेसको कार्यक्रम रहेको भन्दै उहाँले अहिले यूरोपियन मोडलको समाजबादको परिकल्पना काङ्ग्रेसको संकल्प पत्रमा गरिएको बताउनुभयो । घोषणा पत्र तयरी समितिका सदस्य समेत रहनुभएका पोख्रेलले नेपालको अबस्थालाई ध्यानमा राखेर बिदेश नीति वनाउन काङ्ग्रेस तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो “हामीले सबैलाई समेटेर घोषणा पत्र तयार गरेका छौ। यसको पक्षमा लाग्न आग्रह गछौं।”
नेपाली काङ्ग्रेसका नेता एबं योजना आयोगका पूर्ब उपाध्यक्ष स्वर्णिम वाग्लेले काङ्ग्रेसको संकल्प प्रस्ताब अहिले सम्मकै उत्कृष्ठ रहेको बताउनुभयो । उहाँले भन्नुभयो “विपिका कुरा देखि अहिलेका युवा सम्मका कुरा समेटिएकाले यसले बृद्ध देखि सबैलाई समेट्छ ।” उहाँले थप्नुभयो “बितरण मुखी बजेटलाई एकिकृत गर्दै कोख देखि शोक सम्मका कार्यक्रम ल्याएका छौ ।” योगदानको आधारमा राज्यले यसमा सहयोग गर्ने उहाँले बताउनुभयो । वाग्लेले काङ्ग्रेले हरेक वर्ष आफ्नो प्रतिबद्धताको लेखा जनता संग गर्ने गरी संकल्प गरेको बताउनुभयो । “जनताले यस बिषयमा दल संग प्रश्न गर्न सक्नेने छन्” उहाँको भनाई थियो ।
सो अबसरमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एबं प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले स्थायी सरकारका लागि गठवन्धन बनेकाले सबैले सहयोग गर्न आग्रह गर्नुभयो । गठवन्धनका कारण संबिधानको रक्षा हुने भन्दै उहाँले अबका प्राप्त उपलव्धि रक्षा गर्न जनता लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापती राजेश्वर खानलले एकताबद्ध भएर गठवन्धनको पक्षमा लाग्न आग्रह गर्नुभयो । सम्पर्क मञ्चका अध्यक्ष ऋषिश्वर थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा काङ्ग्रेसको संकल्प प्रस्तब माथि छललफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस !