चितवनः आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि जिल्लाको दुई स्थानमा समानुपातीक मतदान केन्द्र राखिने भएको छ । कारागार कार्यालय चितवन र मालपोत कार्यालयमा मतदान केन्द्र राख्न लागिएको हो । कारागार कार्यालयमा कैदी बन्दीका लागी र मालपोत कार्यालयमा कर्मचारीहरुका लागी केन्द्र राख्न लागिएको हो ।
कारागार कार्यालय चितवनमा रहेका १०२ जना कैदी वन्दीले मतदान गर्दै छन् । कारागार कार्यालयमा रहेका ७९५ जना कैदी बन्दी मध्ये अन्तिम मतदाता नामावलीमा नाम रहेका उनीहरुले निर्बाचनमा सहभागीता जनाउन लागेका हुन । जिल्ला निर्बाचन कार्यालय चितवनका प्रमुख भिमशेन कार्कीका अनुसार उनीहरुले कारागार कार्यालयमानै रहने मतदान केन्द्रबाट मतदान गर्ने छन् । प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातीकमा मतदान गर्ने उहाँले जानकारी दिनुभयो । कारागार कार्यालयमा अस्थायी मतदान केन्द्र राखिने उहाँले बताउनुभयो ।
यस्तै कर्मचारीहरुले मतदान गर्नका लागि मालपोत कार्यालयमा समेत मतदान केन्द्र राखिने भएको छ । जिल्लामा रहेर निर्बाचनमा खटिएका कर्मचारीहरु र अस्थायी मतदाताहरुका लागी सो मतदान केन्द्र राख्ने तयारी गरिएको हो । मतदान केन्द्रमा १ हजार ५४४ जना मतदाताले मतदान गर्ने छन् । नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाली सेनाका कर्मचारीलेहरुले सो मतदान केन्द्रबाट मत हाल्ने छन् । यहाँ राखिएको मतदान केन्द्रबाट समेत प्रतिनिधि सभाका लागि समानुपातीक तर्फको मतदान हुने कार्कीले बताउनुभयो ।
जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचन २०७९ मा ४ लाख ८ हजार ३४२ मतदाताले सहभागीता जनाउन लागेका छन् । जसमध्ये २ लाख ९ हजार ३०९ मतदाता महिला रहेका छन् भने पुरुष १ लाख ९९ हजार ३२ जना रहेको कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार १६२ मतदान स्थलमा ४६० केन्द्रबाट मतदान हुँदै छ । क्षेत्र नम्बर १ मा १ लाख ३९ हजा ८४५ मतदाता रहेका छन् । जहाँ ५६ मतदान स्थल र १५९ केन्द्रबाट मतदान हुँदै छ । क्षेत्र नम्बर २ मा रहेका १ लाख २४ हजार २१४ जना मतदाताले ४३ मतदान स्थलमा रहेका १३८ केन्द्रबाट मतदान गर्ने छन् । यस्ते चितवन क्षेत्र नम्बर ३ मा ६३ मतदान स्थलका १६३ मतदान केन्द्रबाट १ लाख ४४ हजार २८३ जना मतदाताले मतदान गर्ने कार्कीले बताउनुभयो । जिल्लामा एक जना तेस्रो लिङ्गी मतदाताले समेत निर्वाचनमा सहभागीता जनाउने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !