चितवनः जिल्लामा नवजात शिशुलाई नियमित स्तनपान गराउनेको संख्या बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कलाई हेर्दा शिशु जन्मिए पछि ६ महिना सम्म पूर्ण स्तनपान गराउनेको संख्या बढ्दै गएको हो ।
स्वास्थ्य कार्यालय चितवनले प्रकाशन गरेका बार्षिक प्रगति प्रतिबेदन अनुसार जिल्लामा गत आर्थिक वर्षमा ३० प्रतिशत बालबालिकाले ६ महिना सम्म पूर्ण स्तनपान गरेका छन् । यो संख्या आर्थिक वर्ष २०७७÷०७८ मा १९ दशमलब ३ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०७६÷०७७ मा यो संख्या १७ दशमलब २ प्रतिशत रहेको थियो ।
यस्तै तीन आर्थिक वर्षमा ६ महिना पछि पुरक खाना खुवाउनेको संख्या पनि वढ्दो क्रममा रहेको कार्यालयको तथ्याङ्कले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा पुरक खाना खुवाउनेको संख्या ३२ दशमलब ६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा यो संख्या १७ दशमलब ९ प्रतिशत रहेको थियो भने २०७६÷०७७ मा १४ दशमलब ९ प्रतिशत रहेको थियो ।
कार्यालयकाले गरेको बृद्धि अनुगमनका क्रममा १ दशमलब २ प्रतिशत बालबालिकामा कम तौल भएको पाईएको छ । कम तौल हुनेमा राप्ती नगरपालिकामा बढि रहेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा यस पालिकामा १० दशमलब ६ प्रतिशत बालबालिकामा कम तौल रहेको थियो भने आर्थिक वर्ष २०७८÷०७९ मा ३ दशमलब ५ मा झरेको छ । यो संख्या आर्थिक वर्ष २०७६÷०७७ मा ६ दशमलब ६ प्रतिशत रहेको थियो ।
शिशु जन्मिएको ६ महिना सम्म नियमित स्तनपान गराउँदा स्वस्थ पोष्टिक तत्व पाउने भरतपुर अस्पतालका बरिष्ठ बालरोग बिशेषज्ञ डा. खेमराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नियमीत दुध सेवनले बच्चामा रोग संग लड्न सक्ने क्षमता बृद्धि गर्ने, अन्य रोगको सङ्क्रमण कम हुने, बचाको बृद्धि बिकास छिटो हुने गर्दछ । आमाहरुले आफ्नो शरिरको बनावट बिग्रने भन्दै बच्चालाई दुध खुवाउन छाड्ने गरेको भन्दै उहाँले त्यसो गर्नु राम्रो नभएको बताउनुभयो । ६ महिना पछि पुरक खाना खुवाउँदा बच्चालाई थप पोष्टिक तत्व लिटो, जाउलो, भैसीको दुध खुवाउँदा बालबालिका वढ्न सहयोग पुग्ने उहाँले बताउनुभयो । आमाको दुधबाट अपुग हुने पदार्थको पुरक खानाबाट मिल्ने गरेको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो “६ महिना पछि आमाको दुधले पौष्टिक तत्व पुग्दैन । जसका लागि पुरक खाना खुवाउनु पर्छ ।” शारिरिक तथा मानसिक रुपमा बृद्धि बिकासका लागि पुरक खाना आबश्यक रहेको उहाँले बताउनुभयो । बच्चाको खानपानमा ध्यान नदिदाँ तौलम कमि आउने पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !