चितवनः बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले स्वास्थ्य सेवालाई सर्बशुलभ र गुणस्तरीय बनाउनका लागि तीन खम्बे नीति लिनु पर्ने बताउनुभएको छ । आज यहाँ मातृ तथा बाल स्वास्थ्य क्लिनिको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले स्वास्थ्य सेवालाई गुण्स्तरीय बनाउनका लागि भौतिक पूर्बाधार, आधुनिक उपकरण र दक्षा जनशक्ति अत्याबस्यक रहेको बताउनुभयो ।
स्वास्थ्य क्षेत्रको बिकासका लागि यी कुरा परा हुन आबश्यक रहेकाले प्रदेश सरकार सोही अनुरुप अघि बढेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “स्वास्थ्य क्षेत्रको बिकासका लागि प्रदेश सरकार तयार रहेको छ ।” प्रदेश सरकारले बिरामीको चाप र आबश्यकता अनुसार बजेट बिनियोजन गरेको उहाँले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण पछि स्वास्थ्य क्षेत्रलाई हेर्ने दृष्टिकोण बदलिएको भन्दै उहाँले गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरेर संघियताको आभास दिलाउन कर्मचारीहरुलाई निर्देशन दिनुभयो । प्रदेशका १३ जिल्लामा प्रदेश स्तरियर अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र रहेको बताउँदै उहाँले प्रादेशीक अस्पताललाई आबश्यक उपकरण खरिद प्रकृयामा रहेको बताउनुभयो । स्वास्थ्य क्षेत्रको बिकासका लागि तीन तहका सरकार बिच समन्वय आबश्यक रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “स्वास्थ्य क्षेत्रको बिकासका लागि तीन तहको समन्वय आबश्यक छ।”
सो अबसरमा बोल्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्ण प्रसाद पौडेल र भरतपुर महानगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जनताको सेवाका लागि स्वास्थ्य क्षेत्र महत्वपूर्ण रहेको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा भएका समस्या हटाउनका लागि उहाँहरुले मन्त्रीसंग आग्रह गर्नुभयो । गुणस्तरिय सेवाका लागि जनशक्ति प्रयाप्त हुन जरुरी रहेको उहाँहरुको भनाई थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईले भरतपुर महानगरपालिकाले सञ्चालन गर्दै आएको मातृ तथा बाल स्वास्थ्य क्लिनिक प्रदेश सरकारले नीति तथा कार्यक्रममा ल्याए पछि पुनः कार्यालयले सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । यस क्लिनिक २७ वर्ष देखि जिल्ला जनस्वास्थ्य कार्यालयले सञ्चालन गर्दै आएकोमा बि. सं. २०७६ साल देखि भरतपुर महानगरपालिकाले सञ्चालन गर्दै आएको थियो । अहिले स्वास्थ्य कार्यालय चितवनको नेतृत्व एबं भरतपुर महानगरको सहकार्यमा सञ्चालनमा ल्याईएको चापागाईले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य कार्यालयका २ जना र भरतपुर महानगरका २ जना स्वास्थ्य कर्मीले क्लिनिकबाट सेवा दिने छन् ।
यस कार्यालयबाट बाल खोप, बृद्धि अनुगमन, गर्भवती जाँच, टि.डी खोप, उत्तर प्रसुती जाँच, परिवार नियोजन सेवा, अस्थाई परिवार नियोजनका साधनहरु, कोभिड १९ विरुद्धको खोप लगाएतका सेवाहरु दिईने कार्यालयले जनाएको छ । बार अनुसार यी सेवा प्रदान गरिने चापागाईले जानकारी दिनुभयो ।





