चितवनः जिल्लाका सम्बेदनशिल क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सुरक्षाका दृष्टिले सम्बेदनशिल मानिएका क्षेत्रहरुमा नेपाली सेनाको कालिवहादुर गणले सुरक्षाको जिम्मा लिएको हो ।
जिल्ला सुरक्षा समितिको निर्णय र केन्द्रिय सुरक्षा रणनीति अनुसार सुरक्षाको जिम्मा सेनाले लिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले जानकारी दिनुभयो । उहाँका अनुसार कारागार कार्यालय चितवन र नागरिक उड्ययन प्राधिकरण भरतपुरको सुरक्षाको जिम्मा सेनाले लिएको हो । उहाँले भन्नुभयो “महत्वपूर्ण प्रतिष्ठान र सम्बेदनशिल क्षेत्रमा सेनाले सुरक्षाको जिम्मा लिएको छ ।”
केन्द्रिय सुरक्षा रणनीति अनुसार जिल्लाका तीन निर्वाचन क्षेत्र सेनाले गस्ति बढाएको उहाँले जानकारी दिनुभयो । नियमित रुपमा निर्वाचन सुरक्षा रणनीति अनुसार गस्ति बढाएको भन्दै उहाँले सेनाले आफ्नो नीति अनुसार काम गरेको बताउनुभयो । निर्वाचनको सुरक्षाका लागि जिल्लामा नेपाल प्रहरी, शशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु परिचालन भईरहेको उहाँको भनाई छ । मंसिर १० गते सम्म सम्बेदनशिल क्षेत्रको सुरक्षाको जिम्मा सेनाले लिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !