चितवनः माडीमा छोराको खुकुरी प्रहारबाट बाबु घाईते भएका छन् । माडी नगरपालिका वडा नम्बर ६ रामराज्यपुरमा छोरा राजन गुरुङ्ले खुकुरी प्रहार गर्दा ६५ बर्षिय बाबु राम वहादुर गुरुङ् घाईते हुनुभएको हो ।
खुकुरी प्रहारबाट रामबहादुरको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी बिजयराज पण्डितका अनुसार आईतबार राती ११ः३० वजे राजनले आफ्नै घरमा बाबु माथि खुकुरी प्रहार गरेका थिए । घाईते बाबुको अहिले चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ । खुकुरी प्रहार गर्ने राजनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।






