चितवनः नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मैयदेबीको जीवन काङ्ग्रेसको एक पक्ष भएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको श्रद्धान्जली शभामा बोल्दै उहाँले मैयाँदेबीको जीवनले काङ्ग्रेसको एउटा पाटोलाई समेटेको बताउनुभयो । श्रेष्ठको जीवन लोकतन्त्रको संरक्षणमा बितेको भन्दै उहाँले राजनीति र बिकासलाई संगै लिएर जान सक्ने नेताको रुपमा श्रेष्ठ रहेको बताउनुभयो ।
पौडेलले भन्नुभयो “मैयादेबीले जसरी समाजलाई दया, मायाँ र सद्भावको दृष्टिले हेर्नुभयो त्यो एउटा मानबियताको उदाहारण हो ।” मैयादेबीलाई चिरस्थायी वनाउने र इतिहास जिबित राख्ने काम कन्या कलेज र सामाजिक संघ संस्थाहरुबाट भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले बातावरणको सबैभन्दा ठूलो समस्या रहेको छ । यो समयमा राम्रो प्रकृति र हरीयाली वनाउन मैयादेबी पार्क बनाएर जीवनलाई चिरस्थायी वनाउँ र सम्पती ट्रष्टमा परिणत गरौं ।”
कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रबक्ता डा. प्रकाशशरण महतले मैयादेबीको आदर्श र गन्तव्यमा पार्टी लाग्नु पर्ने बताउनुभयो । उहाँले संबिधानको रक्षा गर्ने दायीत्व काङ्ग्रेसको भएको भन्दै यसलाई क्षतबिक्षत बनाएर काङ्ग्रेस अघि वढ्न सक्दैन भन्नुभयो । उहाँले भन्नुभयो “संबिधानको रक्षाका लागि गठवन्धन वनेको हो । यसको जीत आबश्यक छ ।” गठवन्धनका दलका साथीहरुले बिगतका घटनालाई हेरेर अघि वढ्नु पर्छ उहाँले भन्नुभयो । स्थायीत्व र सम्बृद्धिका लागि गठवन्धनका दलहरु एक ठाउँमा उभिएर निर्बाचनमा जुट्नु पर्ने उहाँले बताउनुभयो ।
सो अबसरमा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मैयादेबीको राजनैतिक र सामाजिक योगदानको चर्चा गर्दै गठवन्धनका दलहरुले निर्वाचन जिते मात्र संबिधानको सुरक्षा हुने बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्रका नेता नारायण दाहाल, नेकपा एमाले बागमती प्रदेश सचिब बिजय सुवेदी, नेपाली काङ्ग्रेस चितवनका सभापती राजेश्वर खनाल, निवर्तमान सभापती जीतनारायण श्रेष्ठ, नेकपा एकिकृत समाजबादी चितवनका उपाध्यक्ष अरुणपिडित भण्डारी, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारी लगाएतले मैयादेबीको व्यक्तित्वको बारेमा प्रकाश पार्नुभएको थियो । श्रेष्ठको यही कात्र्तीक ५ गते निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस !