चितवन, १३ कात्तिक। नेपाली कांग्रेसका नेता डा शशांक कोइराला चुनाव प्रचार प्रसारका क्रममा अस्वस्थ हुनु भएको छ । आफ्नो निर्वाचन क्षेत्र नवलपरासी पूर्व–१ बाट उम्मेदवार रहनु भएका उहाँ बेहोस भएपछि उपचारका लागि चितवनस्थित कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा भर्ना हुनु भएको उहाँ निकट स्रोतले जनाएको छ ।
अमरापुरीमा भएको पार्टीको चुनावी कार्यक्रममा उहाँ बेहोस हुनु भएको थियो । तर अहिले उहाँको होस आएको र अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।






