गौंडाकोटः गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । दुर्घटनमा २८ जना घाइते भएका छन् ।
पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ४ बजे भएको दुर्घटनाका घाइतेहरूलाई उद्धार गरि उपचारका लागि अस्पताल पठाईएको छ । घटना स्थलमा अहिले पनि प्रहरी र स्थानीयद्धारा उद्धारको कार्य भईरहेको छ । घटनाको बिस्तृत बिबरण आउन बाँकी रहेको छ ।






