चितवन: खुकुरी प्रहार गरि माडीमा एक जनाको हत्या भएको छ । आज बिहान १ वजे माडी नगरपालिका वडा नम्बर ४ धुसेरीका ३२ वर्षिय जीवन नेपालीलाई धारीलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरीएको हो ।
नेपालीको हत्या गरेको आशंकामा प्रहरीले गैंडाकोटका युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैंडाकोट नगरपालिका वडा नम्बर ७ का ३४ वर्षिय सुरेश वहादुर कुमाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक विजयराज पण्डितका अनुसार नेपाली आफ्नै घरमा मृर्त अबस्थामा भेटिएका थिए । मृतक नेपालीको टाउकोमा चोट र घटना स्थलमा धारिलो हतियार (खुकुरी) भेटिएको उहाँले जानकारी दिनुभयो ।
नेपालीको हत्या गरेको आशंकामा कुमाललाई पक्राउ गरिएको उहाँले बताउनुभयो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयाे ।






