चितवन – भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) अगाडि बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ । आज (मंगलवार) दिउँसो साढे दुई बजेतिर मेडिकल कलेजको गेट अगाडि बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको हो ।उक्त बस्तु फेला परेपछी प्रहरीहरुले निगरानी राखेको छ । । त्यस्तै चौबिसकोठीदेखि बिरेन्द्र क्याम्पस चोकसम्म सवारी आगमन बन्द गरिएको छ ।उक्त बस्तु डिस्पोज गर्नका लागि यतिबेला कालिबहादुर गढका आर्मीटोलीलाई खवर गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।






