चितवनः यही मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनका लागि जिल्लाका दुई मतदान केन्द्रमा पाँच सय भन्दा कम मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिकाका दुई मतदान केन्द्रमा पाँच सय भन्दा कम मतदाता रहेका छन् ।
कार्यालयका प्रमुख भिमशेन कार्कीका अनुसार मतदान केन्द्रलाई तीन तहमा बिभाजन गरिएको छ । जसमा २५० भन्दा कम मतदाता भएको २ ५० देखि ५०० मतदाता भएको र ५०० भन्दा बढि मतदाता भएको गरी बिभाजन गरिएको हो । जस मध्ये २५० भन्दा कम मतदाता भएको केन्द्र नरहेको र २५० देखि ५०० मतदाता भएको दुईवाट केन्द्र रहेका हुन् । इच्छाकामना गाउँपालिकाको वडा नम्बर ३ र ५ का एक÷एकवटा मतदान केन्द्रमा ५ सय भन्दा कम मतदाता रहेको उहाँले जानकारी दिनुभयो । अन्य ४५८ मतदान केन्द्रमा ५ सय भन्दा बढि मतदाता रहेको उहाँले बताउनुभयो । पहाडी क्षेत्र भएकाले मतदान केन्द्रमा कम मतदाता भएको उहाँले बताउनुभयो ।






