चितवनः सत्ता गठवन्धनका तर्फबाट प्रदेश सभा क्षेत्र नम्बर २ (ख)को उम्मेदवार बन्नुभएका नेपाली काङ्ग्रेस चितवनका नेता उत्तम जोशि निर्वाचन क्षेत्र अन्तर्गतका बिभिन्न वडाहरुमा घरदैलो अभियानमा जुट्नुभएको छ । आफ्नो उम्मेदवारी किन भन्ने विषयमा जनतालाई बुझाउँदै उहाँ घरदैलोमा जुट्नु भएको हो ।
भरतपुर महानगरपालिकाका बिभिन्न वडाहरुमा घरदैलोका क्रममा उहाँले जनताका मागहरुको सम्बोधन गर्ने आश्वासन दिनु भएको छ । जोशीलाई नेता कार्यक्रता एबं स्थानीयले भव्य स्वागत गरेका थिए । स्वागत संगै सर्बसाधारणहरुले बिकास निर्माण र बेरोजगारी समसया समाधानका लागि आग्रह गरेका थिए । जोशीले प्रदेश स्तरीय गठवन्धन दलको बैठकमा समेत सहभागीता जनाउनु भएको थियो । बैठकमा बोल्दै उहाँले अहिलेको लडाई दलको नभएर देशको भएको बताउनुभयो । देशको ललडाई भउकाले सत्ता गठवन्धनको जित आबश्यक रहेको उहाँको भनाई थियो ।






