चितवनः नगद २ लाख ५६ हजार ९९० सहित दश जुवाडे पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १६ शिबघाट र वडा नम्बर २२ पटिहानीबाट उनीहरुलाई नियन्त्रणमा लिईएको हो ।
शिबघाटबाट रु १ लाख ३९ हजार ९९० सहित १० जना जुवाडेलाई पक्राउ गरिएको हो भने पटिहानीबाट रु १ लाख १७ हजार नगद सहित चार जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई बिहिबार राती र आज बिहान गरि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक विजयराज पण्डितका अनुसार शिवघाटबाट पक्राउ परेकाहरुको साथबाट चार बुक तास समेत बरामत गरिएको छ भने पार्बतीपुरबाट १६ थान कौडा वरामत गरिएको छ । पक्राउ परेका उनीहरुलाई जुवा ऐन अन्तर्गत अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !