चितवनः समाजसेवी एवं राजनीतिज्ञ मैयादेवी श्रेष्ठ अस्वस्थ हुनु भएको छ । यही असोज २५ गतेबाट उहाँ अस्वस्थ हुनु भएको हो ।

उहाँलाई स्वासप्रश्वास सम्बन्धी समस्या देखिएको छ । उहाँका छोरा टंकनाथ पौडेलका अनुसार पाँच दिन चितवन मेडिकल कलेजमा उपचारपछि हाल चिकित्सकको परामर्शमा नर्सिङ सेवा दिएर अक्सिनको सहारामा निवासमा राखिएको छ ।

९५ वर्षिया श्रेष्ठलाई निमोनियासँगै छातीमा समस्या देखिएको पौडेलले जानकारी दिनुभयो । पूर्व सांसद, नेपाल आमा सम्मानबाट सम्मानित मैयादेवी कन्या क्याम्पसको संरक्षक श्रेष्ठ दानवीरका रुपमा परिचित हुनुहुन्छ । पौडेलका अनुसार हालसम्म उहाँले दान गरेका सम्पत्ति अहिलेको मूल्य गर्दा रु.१ अर्ब हाराहारी पर्दछ ।

प्रतिक्रिया दिनुहोस !