चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले लागू अौसत सहित दुई जनालाई पक्राउ गरेकाे छ । उनिहरुकाे साथबाट ८१० एम्पुल लागु अाैषध नियन्त्रणमा लिएकाे छ ।
पक्राउ पर्नेमा भारतकाे माेतिहारीका २५ बर्षिय सुमित कुमार प्रसाद र सर्लाहि घर भई भरतपुर महानगरपालिका वडा नम्बर १ डेरा गरि बस्ने १९ बर्षका समिर हुसेन रहेका छन् । उनीहरुकाे साथबाट लागुऔषध डाईजेपाम २७० एम्पुल, फेनार्गन २७० एम्पुल र नुर्फिन २७० एम्पुल बरामत गरिएकाे छ ।
उनिहरुलाई भरतपुर महानगरपालिका वडा नम्बर १ बाट पक्राउ गरिएकाे हाे ।






