नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टलाई ‘बेस्ट कलेज अफ द ईयर’ र ‘बेस्ट बिजनेस स्कूल अफ द ईयर (२०२२’ पुरस्कार प्राप्त गर्न सफल भएको छ । उक्त पुरस्कार एक भब्य कार्यक्रमका बीच कलेजका प्रिन्सीपल प्रा। ई। हरि भण्डारी र अनुसंधान विभागका प्रमुख डा। बसन्त अधिकारीले संयुक्त रुपमा दुबईमा ग्रहण गर्नु भएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि दुबई विजिनेश काउन्सिलका अध्यक्ष डा। आशिक अलि, विशिष्ट अतिथि दुबई सरकारका प्रतिनिधि एवं दुबई सुरक्षा प्रमुख श्री महोम्मद हुसेन र नेपालबाट मधेश विश्वविद्यालयका उपकुलपति प्रा।डा। दिपक शाक्य द्धारा संयुक्त रुपमा उक्त अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रमको आयोजना एवं व्यवस्थापन कलेज रिडर्सले आयोजना गरेको हो । विसं २०५७ सालमा स्थापना भएको कलेजले सफल नेतृत्व, चुस्त व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । गैँडाकोट २ मा रहेको यो कलेजमा बीसीए, विभिन्न विषयमा इन्जिनियरिङ, होटेल म्यानेजमेन्ट, कम्युटर विज्ञान, बीबीएलगायतका विषयमा पढाइ हुँदै आएको प्रिन्सिपल भण्डारीले ।बताउनुभयो ।

साथै उहाँले भन्नुभयो , ‘यो सम्मानले अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट उत्कृष्ट क्षमताको प्रयोग गरी चुस्त ब्यवस्थापन , सफल नेतृत्व र शैक्षिक गुणस्तर कायम गर्न सफल र सक्षम छ भन्ने कुरा प्रमाणित भएको छ ।

प्रतिक्रिया दिनुहोस !