चितवनः निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहीत बनाउन पत्रकारको भूमिका महत्वपूर्ण रहने सरोकारवालाहरुले बताएका छन् । निर्वाचन आयोगको आयोजना र राष्ट्रिय समाचार समितिको सहकार्यमा आज यहाँ सम्पन्न मिडिया अभिमुखिकरण कार्यक्रममा बक्ताहरुले निर्वाचनलाई स्बच्छ, निष्पक्ष र भयरहीत वनाउन पत्रकारहरुको भूमिका अहम हुने बताएका हुन ।
कार्यक्रममा बोल्दै आयोगका सचिब गोकणमणी तिवारीले निर्वाचनको तयारीमा आयोग लागिरहेको बताउँदै निर्बाचन सफल बनाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो । अहिले मत पत्र छपार्ईको काम भईरहेको भन्दै उहाँले अब केही समयमानै मतपत्र ढुवानी सुरु गरिने जानकारी दिनुभयो । निर्वाचनको तयारीमा आयोग लाग्दै गर्दा राजनैतिक दल र उम्मेदवारहरुले आचारसंहिता उल्लंघन गरे, नगरेको भन्ने बिषय सबैको चासोको बिषय वन्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “स्वच्छ, निष्पक्ष र भयरहित बातावरणमा निर्बाचन सम्पन्न गर्न एबं आचार संहिता पालना गराउन पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ ।” मतदाता शिक्षा जनतामाझ पु¥याउन सबैको सहयोग आबश्यक रहेको उहाँको भनाई थियो । र्निाचन आचारसंहिता कार्यान्वयनमा कडाईका साथ सबै लाग्न उहाँले आग्रह गर्नुभयो ।
चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले निर्वाचनका समयमा आउने जटिलतालाई सहज वनाउँदै लैजानका लागि पत्रकारहरुको सहयोग आबश्यक रहेको बताउनुभयो । निर्वाचनको सूचना सम्प्रेसण गर्न सहज बनाइने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “निर्वाचन आँफैमा लोकतान्त्रीक अभ्यास हो । यसलाई सबैले स्वच्छ, निष्पक्ष र भयरहीत बनाउन लाग्नु पर्छ ।”
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले पत्रकारले सहि सूचना सम्प्रेसण गरेर जनतालाई सजग वनाउनुपर्ने बताउनुभयो । पत्रकारहरुको लेख्ने र वोल्ने कार्यालयले देशलाई निर्वाचन केन्द्रित हुने उहाँको भनाई थियो । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारीले निर्वाचनको समयमा सूचना सम्प्रेसण गर्न बातावरण सहज वनाईदिनु आयोग र मुख्य निर्वाचन अधिकृतलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा निर्वाचन र सञ्चार बिषयमा कार्यपत्र प्रस्तुत गर्दै आयोगका उपसचिब कमल भट्टराईले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहीत वनाउन १० हजार परिवेक्षक परिचालन गर्न लागिएको बताउनु भयो । निर्वाचनको समयमा पत्रकारहरुले हरेक कुराको ख्याल गर्दै खवरदारी गर्नुपर्ने उहाँको भनाई थियो । निर्वाचन सम्पन्न गर्नका लागि अहिले देशभर २ लाख ५० हजार जनशक्ति परिचालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । २ लाख ३० हजार मतादाताको नाम हटाईएको सो अबसरमा जानकारी दिईएको थियो । मृतक र दोहोरो नाम परेकाहरुको हटाईएको हो । निर्बाचनमा सञ्चारको भूमिकाका कारण निर्वाचन बिरोधि गतिबिधि रोक्न सहयोग पुग्ने उहाँले बताउनुभयो । जिल्लामा निर्बाचनको आचार संहिता उल्लंघन भए निर्बाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय, सुरक्षा निकायमा खबर गर्न अनुरोध गरिएको थियो । यो समयमा सञ्चार माध्यमले गर्न हुने के र गर्न नहुने के भन्ने बिषयमा चर्चा गरिउको थियो ।
निर्बाचनमा मिडिया र पत्रकारको भूमिका बिषयक कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय समाचार समितिका नायब महाप्रबन्धक श्यामप्रसाद रिमालले पत्रकारीताको क्षेत्रबाट निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहीत वनाउन सबै लाग्न अनुरोध गर्नुभयो । पत्रकारहरुलाई समेत पत्रकार आचारसंहिता लाग्ने भन्दै उहाँले दल र दलका उम्मेदवारलाई खवरदारी गर्नु पत्रकारको भूमिका रहने बताउनुभयो । कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !