चितवनः वरिष्ठ चिकित्सक डा. भोजराज अधिकारीले समतामूलक स्वास्थ र शिक्षा सेवाको पहुँच स्थापित गर्ने आफ्नो योजना रहेको बताउनु भएको छ । उहाँले स्वास्थ्य र शिक्षामा समाजवादी मोडल स्थापित गर्न सबै जनतासँग समान पहुँच पुग्ने गरि अघि बढ्ने बताउनुभयो । चितवन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्य गठबन्धनका उमेदवार वरिष्ठ चिकित्सक डा. अधिकारीले जनताको समस्या सम्बोधन गर्ने गरि मैदानमा आएको बताएका छन् । स्वास्थ, शिक्षा क्षेत्रको विकास र विस्तारसँगसँगै समग्र योजना अघि बढाउन आफु निर्वाचित हुनुपर्नेमा उहाँको जोड छ ।
भरतपुर २५ मा भएको चुनाव केन्द्रीत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मन र मतलाई एकिकृत गर्ने समय आएको बताउनुभयो । अहिलेसम्म प्राप्त नतिजाले असफल नभएको बताउदै डा। अधिकारीले अबको नतिजाले पनि पहिलो बनाउने विश्वास व्यक्त गर्नु भयो । व्यवस्था अनुसार अवस्था बदल्न यहाँको माटोलाई सदुपयोग गर्ने उहाँले बताउनुभयो । आफु नै आफ्नो प्रतिनिधि हो भन्ने रूपमा जनताको घलदैलोमा जानुपर्ने उहाँको भनाइ छ । असत्यका विरूद्व सत्य स्थापित गर्न उहाँले अपिल गर्नुभएको छ ।
।
निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्नेमा माओवादी नेता गोपाल न्यौपानेले जोड दिनुभयो । उहाँले देशको महत्त्वपूर्ण निति निर्माणका लागि डा. भोजराजलाई जिम्मेवारी दिन निर्वाचित गराउनुपर्ने बताउनुभयो ।निर्वाचित गर्ने सुनौलो अवसरलाई सदुपयोग गर्न उनको आग्रह छ ।स्थानीय जनतासँग सुमधुर सम्बन्धका साथ जोडिनुपर्ने उहाँले बताउनुभयो ।






