चितवनः जिल्लामा रहेर फुल खेती गर्ने किसानहरुले तिहारका लागि मालाको मूल्य निर्धारण गरेका छन् । व्यवसायीक रुपमा पुष्प खेती गर्ने कृर्षकहरुले बजारमा एकरुपता ल्याउनका लागि मालाको मूल्य निर्धारण गरेका हुन ।
कृषकहरुले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी तीहारको तीन दिनका लागि खुद्रा मूल्य रु ९० देखि १० र होलसेल मूल्य रु रु ६० देखि ७० कायम गरिएको जानकारी दिएका छन् । तिहार पछिका लागि खुद्रा मूल्य रु ७० र होलसेल मूल्य रु ५० राखिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । भारतबाट आयात हुने मालले नेपाली मालाको बजार बिस्थापीत गर्न खोजेको भन्दै किसनाहरुले मालाको मूल्य निधारण गरेका हुन । फ्लोरिकल्चर एसोसिएसन चितवनका कोषाध्यक्ष सुलभ श्रेष्ठले नेपाली मालाको मूल्य बढि हुँदा भारतीय मालाको आयात बढ्ने भएकाले मूल्य निर्धारण गर्न बाध्य भएको बताउनुभयो । जिल्लालाई यही उत्पादित मालाले पुग्ने भन्दै उहाँले भारतीय मालाको प्रयोग नगर्न उपभोक्ताहरुलाई अनुरोध गर्नुभयो ।
जिल्लामा अहिले ४० देखि ५० विगाह क्षेत्रफलमा फुल खेति गरिएको सो अबसरमा जानकारी दिईएको थियो । फूलमाला फर्मका सञ्चालक गोविन्द बास्तोलाले तिहार लक्षित गरेर भारतीय माला नेपालमा आईसकेको जानकारी दिनुभयो । चितवनमा मात्रै एक ट्रक माला आएको र ठूलो मात्रामा माला आउन लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “भारतीय माला नेपालका बिभिन्न चिस्यान केन्द्रहरुमा राखिएको छ । अब केही दिनमा बजारमा ल्याउने तयारी गरिदैं छ ।” यसको बिरोधमा कृषकहरुले तिहार सुरु भए लगत्तै स्थानीय प्रशासनको सहयोगमा त्यस्ता माला नष्ट गरिने जानकारी दिनुभयो । भारतीय मालामा केमिकलको प्रयोग गरिएको हुने हुँदा बजारमा ल्याएको केही समयमानै कालो हुन थाल्ने उहाँको भनाई थियो । मालामा सुतरीको प्रयोग गरिने र छिटो बिग्रने हुँदा मानिसको स्वास्थ्य र कपडामा समेत असर गर्ने उहाँले बताउनुभयो । बास्तोलाले अहिले कालिका नगरपालिका वडा नम्बर २ मा २ विगाह क्षेत्रफलमा फूल खेति गरि रहनु भएको छ । पेशाले प्रध्यापक भए पनि उहाँले फूलमाला फार्म मार्फत पुष्पव्यवसाय गर्दै आउनुभएको छ ।
असोज देखि मंसिर सम्म यो व्यवसाय हुने उहाँको भनाई थियो । जिल्लामा ठूलो मात्रामा व्यवसाय गर्ने कृषक १० देखि १५ जना रहेका छन् । उनीहरुले एक बिगाह क्षेत्रफल भन्दा बढि क्षेत्रफलमा पुष्प व्यवसाय गरेको उहाँले बताउनुभयो । रत्ननगर कृषि शाखाका प्रमुख प्रबिण लामाले अहिले १ विगाह १० कठ्ठामा पुष्प व्यवसाय गर्दै आउनु भएको छ । तीन जना मिले सुरु गर्नुभएको व्यवसाय राम्रो भए पनि बजारमा मूल्य निधारण भए संगै कृषकको मनोवल बढ्ने उहाँले बताउनुभयो । तिहारका लागि जिल्लामा ५ लाख मालाको माग भएको भन्दै उहाँले जिल्लाले यो माग धान्न सक्ने बताउनुभयो । अहिले व्यवसायीक रुपमा पुष्प खेती गर्ने कृषकले जिल्लामा ३ देखि ४ लाख माला उत्पादन गर्ने उहाँले जानकारी दिनुभयो । जस मध्ये ५० हजार देखि १ लाख माला मखमलि फुलको उत्पादन हुने छन् । तिहारका लागि नेपाली फुल प्रति किलो रु ३५० देखि ४०० कायम गरिएको कृषकहरुले वताएका छन् । सिजन बाहेक अन्य समयमा यसको मूल्य न्यून रहने गरेको उहाँले बताउनुभयो ।
जिल्लामा उत्पादीत मालाबाट कृषकहरुले रु ४ करोडको कारोवार हुने अपेक्षा राखेका छन् । गत वर्ष जिल्लाको उत्पादनले यहाँको बजारको ६० प्रतिशत पुगेकोमा अहिले ८० प्रतिशत पुग्ने उनीहरुको अनुमान रहेको छ । २० प्रतिशत माला गाउँघरमा आफै बनाउने गरेकाले यहाँको बजारलाई माला प्रयाप्त हुने कृषकहरुले बताएका छन् । नेपालमा स्वरोजगार बन्नका लागि यो व्यवसाय उत्तम व्यवसाय भएको अर्का कृषक सुन्दर बस्नेतले बताउनुभयो । उहाँका अनुसार पुष्प व्यवसायलाई आत्मनिर्भर वनाउनका लागि कृषकहरुले मालाको मूल्य तय गरेका हुन । अहिले यो व्यवसायबाट २ सय जनाले रोजगार पाईरहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । उहाँले भन्नुभयो “यो व्यवसाय बैदेशीक रोजगारको बिकल्प बन्न सक्छ ।” तिहारको समयमा ८० प्रतिशत लागत मूल्य उठ्ने उहाँको भनाई छ ।
बिचौलियका कारण माला बिक्रि नहुने चिन्ता वढेको भरतपुर महानगरपालिका वडा नम्बर ९ की लक्ष्मि सापकोटाले वताउनुभयो । उहाँले भन्नुभयो “यसवर्ष मौषमका कारण उत्पादन राम्रो छ । तर भारतिय मालाका कारण समस्या आउने चिन्ता बढि रहेको छ ।” हामीले दुःख गरेका छौ तर भारतीय माला बजारमा आउन सुरु भईसक्यो उहाँको गुनासो थियो । कृषकहरुले तिहारलाई लक्षित गरेर आज देखिनै माला तयार गर्न लागेको सो अबसरमा जानकारी दिईएको थियो ।






