चितवनः ६७ औं प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । जिल्ला भित्र रहेका बिभिन्न स्थानमा कार्यरत उत्कृष्ठ कर्मचारीहरुलाई दिवसको अबसरमा आज यहाँ आयोजित एक कार्यक्रममा पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुनेमा प्रहरी निरिक्षक ८ जना, प्रहरी सहायक निरिक्षक २ जना, बरिष्ठ हवल्दार १ जना, हवल्दार ४ जना, सहायक हवल्दार ८ जना, जवान ६ जना र १ जना कार्यालय सहयोगी रहेका छन् । सो अवसरमा अवकास प्राप्त जेष्ठ प्रहरी, पूर्ब प्रहरी संगठनका अध्यक्ष र अमर प्रहरी परिवारका ८ जना सदस्यलाई सम्मान गरिएको छ ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा बोल्ने बक्ताहरुले समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो । समाजलाई अपराध रहित वनाउनका लागि प्रहरीले खेलेको भूमिकालाई अझै शशक्त वनाउन सरोकारवालाहरुको भूमिका रहने उहाँहरुको भनाई थियो ।
सो अबसरमा अधिकारीले समाज प्रति उत्तरदायी भएर काम गनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “प्रहरी अहिले पनि समाज प्रति उत्तरदायी छ अझै शशक्त भएर काम गर्नुपर्ने देखिन्छ ।”कार्यक्रममा जिल्ला अदालत चितवनका जिल्ला न्यायधिस रितेन्द्र थापा, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्, प्रहरी नायब महानिरीक्षक सन्दिप भण्डारी, पूर्ब प्रहरी संगठन चितवनका जिल्ला अध्यक्ष उद्धव कुमार श्रेष्ठ, अमर प्रहरी परिवार संघकी अध्यक्ष सरस्वती पौडेल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी लगायतले बोल्नु भएको थियो ।






