चितवनः पूर्बी चितवनमा रहेको युनाइटेड बेभरेज प्रालिमा आगलागी भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर १० को कैलाश टोलमा रहेको सो उद्योगमा आज बिहान आगलागी भएको हो ।
प्रालिको उत्पादन पल्पि जुसको कच्चा पदार्थ रहेको सो उद्योगमा बिहान ४ बजे आगलागि भएको ईलाका प्रहरी कार्यालय रत्ननगरले जनएको छ । उद्योग मर्मतका क्रममा रहेकाले उत्पादीत बस्तु नरहेको कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक रबिनबाबु रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार आगो के कारणले लागेको भन्ने खुल्न सकेको छैन । आगो नियन्त्रय भित्र रहेको भए पनि निभाउने काम जारी रहेको उहाँले बताउनुभयो ।
आगो निभि सके पछि मात्र क्षतीको बिबरण आउने कार्यालयले जनाएको छ । आगो निभाउनका लागि स्थानीय, नेपाल प्रहरी, तीन वटा दमकल र एउटा जेसिबि प्रयोग गरिएको छ । आगो निभाउन केही समय लाग्ने उहाँले बताउनुभयो ।






