चितवनः पूर्बी चितवनमा एक भाले गैंडा मृत अबस्थामा फेला परेको छ । खैरहनी नगरपालिका वडा नम्बर १२ इटनी खोला नजिक आज बिहान अन्दाजी ५ वर्षको भाले गैंडा मृत अस्थामा फेला परेको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार बंगुरको फाम नजिक गैंडा मृत अबस्थामा फेला परेको हो । घिरौलाको झाल खाने क्रममा करेन्ट लागेर गैंडा मरेको आशंका गरिएको उहाँले बताउनुभयो । तिवारीका अनुसार मृत गैंडाको आग र खुर सुरक्षित रहेको छ । चालु आर्थिक वर्षमा यो संगै दुईवटा गैंडा मरेका छन् । अघिल्लो आर्थिक वर्षमा निकुञ्ज र निकुञ्ज मध्यवर्ती क्षेत्रमा ३७ वटा एबं राष्ट्रिय वन क्षेत्रमा ४ वटा गैंडा मृत अबस्थामा फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस !