
वैज्ञानिकहरुले यसबारे अनुसन्धान नगरेका होइनन् । यौन उत्तेजना बढाउन भङ्गेरा खाने चलन अझै छ । भङ्गेरा खाँदा यौन उत्तेजना बढ्ने सोच राख्नेहरु परापूर्वकाल देखि नै थिए ।
जडिबुटिका ज्ञाता निकोलस कुलपिपरले भङ्गेराको गिदीले यौन बढाउने उल्लेख गरेका छन् । उनको तर्कलाई आधार मान्दा भङ्गेराको टाउको खानाले यौन बढाउँछ । विगत देखि नै यौन बढाउन भङ्गेराको टाउको खानेहरु थिए ।
अद्भूत यौ न शक्ति
भङ्गेरामा अद्भूत यौन शक्ति हुन्छ । पोथी भङ्गेराले प्रजननका समयमा भालेमाथि प्रभुत्व जमाउने गर्छे । सन् २००० मा जोडी एम. जओरले अक्सफोर्ड जर्नलमा प्रकाशित गरेको लेखमा पोथीले भालेमाथि प्रजजनका बखत जमाउने प्रभुत्वबारे उल्लेख छ ।
तापक्रम र मौसमले पनि भङ्गेराको यौन सम्पर्कको संख्यामा फरक पर्दछ । सबैभन्दा बढी सम्पर्क प्रजननको समयमा हुनेगर्छ । सरदर दैनिक तीन सय पटक भन्दा बढी यौन सम्पर्क भने गरेकै हुन्छ ।
भङ्गेरामा यौन स्वच्छन्दता हुन्छ । एक अर्काको जोडी सँग दैनिक सयौं पटक यौन सम्पर्क गर्छन् । पोथी भङ्गेराले एक वर्षमा दुई देखि तीनपटक सम्म अण्डा पारेर बच्चा कोरल्ने गर्छे ।