चितवनः स्थानिय निर्वाचनमा पार्टीले गरेको गठबन्धनको विरुद्धमा लागेको भन्दै काग्रेसको कारवाहीमा परेका पाँच जनाको कारवाही फुकुवा भएको छ । उनीहरुको सक्रियताको आधारमा केन्द्रको परिपत्र अनुसार जिल्लाका पाँच नेताको कारवाही फुकुवा गरेको हो । राष्ट्रिय सभाका पूर्व सांसद भिमबहादुर श्रेष्ठ , नेपाल तरुण दल चितवनका पूर्व अध्यक्ष शम्भू अर्याल , पूर्व जिल्ला सचिव आनन्द राउत , क्षेत्रिय प्रतिनिधि सुर्य बस्नेत र क्रियाशिल सदस्य केशव पौडेलको कारवाही फिर्ता भएको नेपाली काँग्रेस चितवनका प्रवक्ता अनमोल अधिकारीले बताए ।
पर्टीको निर्णय विपरितवागी उमेदवारलाई सहयोग र समर्थन गरेको आरोपमा पार्टीले कारवाही गरेको थियो । उनीहरुलाई साविककै हैषियतमै काम गर्र्ने गरी निर्णय भएको हो । काँग्रेसको जिल्ला कार्यसमितिको आज बसेको बैठकले असोज १७ गतेको पार्टीको परिपत्र अनुसार फिर्ता गर्ने निर्णय गरेको प्रवक्ता अधिकारीले बताए । उनीहरुसंगै केन्द्रले विधानतः कारवाही गरेका तीन जनाको भने कारवाही फिता भएको छैन । भरतपुर महानगरपालिकाको निर्वाचनमा पार्टीले गरेको चुनावी गठबन्धन विरुद्ध उमेदवारी दिएका जगन्नाथ कंडेल , प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मिन खरेलको भने फिर्ता भएको छैन । विधान अनुसार कारवाही भएकालाई केन्द्रले नै निर्णय गर्नुपर्ने प्रावधान भएकोले कारवाही फिर्ता नभएको अधिकारीले बताए ।






