चितवनः पृथ्वी राजमार्गमा मिनि ट्रक दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । राजमार्ग अन्तर्गत मौवाखोला नजिक प्रदेश ३–०१००६ ख १३८२ नम्बरको मिनिट्रक अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेको थियो ।
धादिङबाट मुग्लिन तर्फ आउँदै गरेको सो ट्रक दुर्घटना हुँदा चालक र सह चालक घाईते भएका हुन । घाईते मध्ये चालकको टाउको चोट भएकाले उपचारका लागि भरतपुर पठाईएको र सहचालकको स्थानीय मेडीकलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटना मंगलबार राती ११ः४५ बजे भएको प्रहरीले जनाएको छ ।






