चितवनः राजनितिलाई बिकास संग जोड्नका दलहरुले नसकेका कारण आफ्नो उम्मेदवारी रहेको तारानाथ पौडेलले बताउनुभएको छ । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आँफुलाई चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार दिनु भएका पौडेलले दलका नेताहरुले जनता झुक्काउने काम मात्रै गर्दै आएको बताउनुभयो ।
आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले आफ्नो उम्मेदवारी बिकास निर्माणका लागि भएको बताउनुभयो । ठोरी–केरुङ् लोक राजमार्गका अभियान कर्ताको रुपमा रहनु भएका पौडेलले चितवनको बिकासका लागि दलका नेताहरुले बेबास्ता गर्दै आएको बताउनुभयो । जिल्लाको बिकासका लागि दलका नेताहरुको भूमिका सहित आफ्नो उम्मेदवारी रहने उहाँको भनाई छ । चितवनमा राजनैतिक रुपमा नेपाली काँग्रेसमा सक्रिय रहँदै आउनु भएका पौडेल पछिल्लो समय आँफुलाई बिकासबादी नेताको रुपमा चिनाउँदै आउनु भएको छ । उहाँले आफ्नो मुद्धामा सहमत हुन सकेमा जो संग पनि सहकार्य गरेर अघि वढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “आँफु सतिशाल पनि होईन र पत्थर पनि होईन ।” आफ्ना मुद्धामा सहमत भए जो संग पनि सहमती गर्न सक्ने भन्दै उहाँले बिकासका बिषयमा एक भएर सहयोग गर्न अनुरोध गर्नुभयो । बिकासको पछि लागेको भन्दै उहाँले चितवन क्षेत्र नम्बर ३ का जनताले न्याय गर्ने उहाँको भनाई थियो ।






