चितवन: बालिकालाई जर्बजस्ति करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नम्बर ४ का २७ बर्षिय सलिम गुरुङ् रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गुरुङ्गले आफ्नै घरमा भाडामा बस्ने १७ बर्षिया सुस्त मनस्थिती भएकी बालिकालाई जर्बजस्ति करणी गरेको अभियोगमा पक्राउ गरिएको हो । बालिकालाई करणी गर्दै गरेको समयमा आमाले देखे पछि उनलाई पक्राउ गरिएको कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक बिजयराज पण्डितले जानकारी दिनुभयो ।
पक्राउ परेका गुरुङ्लाई जर्बजस्ति करणी मुद्धामा सात दिनको म्याद थप गरि थप अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !