चितवनः सत्तारुट गठवन्धनमा रहेका पाँच दलले यही मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनका लागि उम्मेदवारको टुङ्गो लागेको छ । गठवन्धनबाट चितवन क्षेत्र नम्बर १ मा योजना आयोगका उपाध्यक्ष एबं नेपाली काँग्रेसका नेता विश्व पौडेल, १ को प्रदेश क मा किरणभूषण ओली, ख मा नेकपा समाजबादीका कृष्ण खनाललाई उम्मेदवार बनाउने निर्णय भएको हो । यस्तै क्षेत्र नम्बर २ मा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री एबं नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठ, प्रदेश २ क मा नेकपा माओवादी केन्द्रका घनश्याम दाहाल र २ ख मा नेपाली काँग्रेसका नेता उत्तम जोशीले टिकट पाउनु भएको छ ।
यता चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका डा. भोजराज अधिकारी, ३ क मा नेपाली काँग्रेसका नेता एबं कृषि तथा वन बिज्ञान विश्व विद्यालयका संस्थापक रजिष्टार डा. सूर्यकान्त घिमिरे र ३ ख मा माओवादी केन्द्रका ठाकुर ढकालले टिकट पाउनु भएको हो । आज जिल्लाका तीन निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनको गर्ने कार्यक्रम रहेको छ ।






