चितवनः घरको छतबाट लडेर पूर्बी चितवनमा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार मृत्यु हुनेमा नवलपुरको गैंडाकोटका ३५ वर्षिय शंकर श्रेष्ठ रहेका छन् ।
कार्यालयका प्रहरी नायव उपरिक्षक रविन बाबु रेग्मीका अनुसार रत्ननगर नगरपालिका वडा नम्बर ९ गणेशचोकमा रोशन आचार्यको घरको कम्पाउण्डमा आज बिहान ३ः४० वजे श्रेष्ठ मृत अबस्थामा फेला परेका हुन । उनको टाउँकोमा चोट देखिएको उहाँले जानकारी दिनुभयो । टाउकोमा चोट भएका कारण छतबाट खसेको अनुमान गरिएको रेग्मीले बताउनुभयो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।






