नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिबार विहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत भेटिएका हुन् ।

नेकपा एमालेका नेता नानीबाबु बुढाथोकीका अनुसार घरकै बाथरुममा लडेर उनको निधन भएको हो । परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहराका अनुसार बानेश्वर प्रहरी वृत्तका प्रमुखसहितको टोली घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !