चितवनः नगद रु २ लाख २२ हजार ५ सहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई बिहिबार दिउँसो पक्राउ गरेको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकबाट उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो । स्थानीय अनिल गुप्ताको घरबाट उनीहरुलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । उनीहरुको साथबाट नगद सहित तास १० बुक, तन्ना १ थान बरामद गरिएको कार्यालयले जनाएको छ । पक्राउ परेका उनीहरुलाई मुलिक अपराध संहिता २०७४ को दफा १२५ अन्तर्गत जुवा मुद्धामा अनुसन्धान सुरु गरिएको अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !