चितवनः बिरामीको उपचारका क्रममा मृत्यु भए पछि चितवन मेडीकल कलेजमा आफन्त द्धारा गरिएको तोडफोड प्रति नेपाल चिकित्सक संघ चितवनले आपत्ति जनाएको छ । जटिल पान्क्रीयाटाइटिस बाट ग्रसित बिरामीको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिई बिरामीका आफन्तले सघन उपचार कक्ष र अस्पतालको अगाडी रहेका सवारी साधनमा भएको तोडफोड प्रति संघले आपत्ति जनाएको हो ।
संघले एक बिज्ञप्ति जारी गर्दै भनेको छ “ सिकिस्त बिरामी रहने सघन उपचार कक्ष (आई.सि. यू) मा एक हुल व्यक्तिहरु पसेर तोडफोड गर्ने र अन्य उपचारार्थ भर्ना भएका बिरामी र स्वास्थ्यकीएलाई त्रसित बनाउने घटना निन्दनीय र अमानबिय रहेको छ ।” संघका सचिब सूर्य प्रकाश सापकोटाद्धारा जारी बिज्ञप्तिमा उपचारको शिलशिलामा लापरवाही भएको भए सो को अनुसन्धान जिल्ला प्रशासन कार्यालउ मार्फत नेपाल मेडीकल काउन्सिलबाट गरिनु पर्ने कानुनी व्यवस्था हुँदा हुँदै सो को बर्खिलाप अनुसन्धान बिनै लापरबाहीको आरोप लगाएर तोडफोड हुनु कानुनी राज्यको उपहास भएको जनाईएको छ । यस्ता घटनाले आगामी दिनमा मोफसलमा कार्यरत चिकित्सकको मनोवल घट्ने र कार्यथलो छाड्न बाध्य पार्ने बिज्ञप्तिमा जनाईएको छ ।
तोडफोडको घटनामा संलग्न माथि तत्काल स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी संरक्षण ऐन २०६६ को शंसोधन २०७९ अनुरास कारवाही अघि बढाउन प्रहरी प्रशासन समक्ष संघले माग समेत गरेको छ । घटनाको उचित छानबिन गरि दोसि माथि कारवाही नभएमा बिरोधमा उत्रन र पूर्ण रुपमा सहभागी हुने सम्पूर्णमा अपि समेत संघले गरेको छ ।

प्रतिक्रिया दिनुहोस !