चितवन: नारायणगढ-मुग्लिन सडक खण्डमा पहिराे खस्दा अबरुद्ध भएकाे छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्र किलाेमा लेदाे सहितकाे पहिराे खसेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।
कार्यालयका प्रबक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहना ८:२० बजे लेदाे सहितकाे पहिराे खसी सडक दुई तर्फि सडक अबरुद्ध भएकाे हाे । सडक अबरुद्ध भए संगै नारायणगढ-मुग्लिन सडक भएर चल्ने सवारी साधन र यात्रु बाटाेमा अलपत्र परेकाछन् । पानी परे संगै पहिराे पन्छाउन कठिन भएकाे र समय लाग्ने उहाले जानकारी दिनुभयाे ।
सडकमा खसेकाे पहिराे पन्छाउन सडक बिभाग संग समन्वय भईरहेकाे कार्यालयले जनाएकाेछ ।

प्रतिक्रिया दिनुहोस !