चितवन: दशैंमा मासु खानेक्रममा घाँटीमा हाड अँड्किएर चितवनमा १ जनाको ज्यान गएको छ ।

कालिका नगरपालिका वडा नं.८ गैरीबारीका ५० बर्षिय धनबहादुर दानी क्षेत्रीको घाँटीमा हाड अँड्किँदा मृत्यु भएको हो । दशैंको अष्टमीको साँझ करिव ७:३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किएर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मासु अड्किएपछी उपचारको क्रममा जुटपानी बजार स्थित मेडिकलमा राति नै ल्याईएकोमा उहाँको उपचार हुन नसकेपछि भरतपुरतर्फ लगिएको थियो । भरतपुरस्थित पुरानो मेडिकल कलेजमा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एवं प्रबक्ता बिजयराज पण्डितले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !