चितवनः दशैंको मुखमा सौराहाका ६५ वटा हात्तीले दैनिक चार पटक पर्यटकलाई बन घुमाउँदा धेरैले पालो पाउँदैन थे । कतिपय कुरेर हात्ती चढ्थे भने कतिपय त्यसै फर्कनु पर्दथ्यो । यही पर्यटकको चाप संगै कोभिडले सुनसान बनाएको सौराहाको पर्यटन क्षेत्र यस वर्ष पनि पूर्बबत अबस्थामा फर्कन सकेन ।
बिगतको तुलनामा यतिवेला सौराहा सुनसान छ । सौराहाका निजी हात्ती सञ्चालन गर्ने सामुहीक सहकारी युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी पर्यटक आउन नसकेको बताउनुहुन्छ । उहाँको भनाईमा अहिले दैनिक १०÷१५ वटा हात्तीले मात्र पर्यटक बोक्ने अबसर पाएका छन् । ६५ वटा बाट घटेर हात्तीको संख्या ३२ मा झरेको छ । बिगत चार वर्ष अघि सम्मको अबस्थालाई स्मरण गर्दै उहाँले भन्नुभयो “यतिबेला हाम्रा ६५ वटा हात्तीले दैनिक चार ट्रिप गर्दा पनि पर्यटकले पालो पाउँदैन थे । अहिले १०÷१५ वटा भन्दा बढि हात्तीले एक ट्रिप पनि पाएका छैनन् ।”
अझै पनि आँफुहरुमा आसा नहराएको उहाँ बताउनुहुन्छ । क्रमश पर्यटक बढ्नेमा उहाँ बिश्वस्थ हुनुहुन्छ । राप्ती किनारमा रहेको होटल सनसेट भ्यूका सञ्चालक दिपेन्द्र खतिवडा बिगतमा दैनिक एक सय भन्दा बढि पर्यटक दैनिक रेष्टूरेन्टमा आउने भए पनि अहिले २० जना पुग्न मुस्किल हुने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “ग्राहकनै कम हुन्छ । त्यसमा पनि पहिले जस्तो खर्च गर्ने अबस्था देखिदैन ।” पहिले पहिले मन फुकाएर ग्राहकले खर्च गर्ने गरेको भन्दै उहाँले अहिले त्यस्तो अबस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो “कोभिडको असर बल्ल देखिएको जस्तो लाग्छ ।”
क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे मानिसहरुको घुम्ने समय परिवर्तन भएको आँकलन गनुृहुन्छ । दशैंमा मात्र नभएर अन्य समयमा घुम्न थालेकाले यतिवेला सोचे जस्तो पर्यटक नआएको हुन सक्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “नेपाली मात्र होईन बिदेशी पनि आएका छैनन् ।” सडकको दुराबस्थाले पर्यटकलाई रोकेको हुन सक्ने उहाँको अनुमान छ । जंगल क्राउनका कार्यकारी प्रमुख सन्तोष गिरि कोभिडका वर्षहरुमा जति पर्यटक यो वर्ष सौराहामा नआएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “कोभिडको बर्ष दशैंमा खुल्दै गर्दा होटल भरिएका थिए ।” यसले राम्रो संकेत नदेखिएको उहाँको भनाई छ । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराई सौराहामा आन्तरिक र बाह्य पर्यटक नआएको बताउनुहुन्छ । उहाँको भनाईमा यतिबेला होटल ८० देखि ९० प्रतिशत भरिन्थे । यस वर्ष ३० प्रतिशत समेत पुगेको छैन । तिहार सम्म राम्रो हुने अपेक्षा उहाँले गर्नुभयो । कोभिडको समयमा भन्दा कम पर्यटक सौराहा आए पछि व्यवसायी चिन्तित छन् । भट्टराईले भन्नुभयो “हाम्रो अबस्था श्रीलंकाको भन्दा कम छैन । मानिस संग खर्च गर्ने पैसा नभएर यस्तो अबस्था आएको हो भन्ने मलाई लाग्छ ।”
बिगतमा यतिबेला सबै कर्मचारी होटलमा हुन्थे । यस वर्ष बिदा दिनु परेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो “अहिले हामीले कर्मचारीलाई बिदा पठाउन थाल्यौ । बिगतमा यस्तो थिएन ।होटलमा पर्यटक आए आउने गरि बिदा गरेका हौ ।” आँफुहरु तयारी अबस्थामा रहेको उहाँ बताउनुहुन्छ । सौराहामा १२० होटल क्षेत्रीय होटल सङ्घमा आबद्ध रहेका छन् । सङ्घमा दर्ता नभएका अरु साना होटल पनि रहेका छन् । भट्टराईका अनुसार सौराहामा आठ हजार पर्यटक अट्न सक्ने क्षमता रहेको छ ।

प्रतिक्रिया दिनुहोस !