चितवन : नारायणी डेभलपमेण्ट बैंक केन्द्री कार्यालय टांँडीले मानव सेवा आश्रममा भोजन गराएको छ । आज भरतपुर महानगरपालिका वडा नम्बर २ नारायणगढ शाखाको आश्रममा आश्रितहरुलाई भोजन खुवाएको हो । ‘२१ औं बार्षिकोत्सव मानव सेवामा समर्पित’ भन्ने मुल नाराका साथ भोजन गराईएको बैंकले जानकारी दिएको छ ।
सो कार्यक्रममा वरिष्ठ समाजसेवी एवं मैयादेवी कलेजका अध्यक्ष टंकनाथ पौडेल अतिथि रहनु भएको थियो । सो अवसरमा बोल्दै पौडेलले संसारमा मानवसेवा जस्तो पुण्य कर्म र धर्म अरु नहुने बताउनु भयो । बैंक जस्तो व्यवसायिक संस्थालेपनि मानव सेवालाई प्राथमिकता दिएर भोजन गराएको भन्दै उहांँले बैकको प्रशंसा गर्नुभयो ।
बैंकका कार्यकारी अधिकृत पशुपति पौडेलले बैंकले संस्थागत बार्र्षिकोत्सवको अवसर र संस्थागत सामाजिक दायित्व बहन गरेको बताउनुु भयो । बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने उहांँको भनाई थियो । बैंकका परिवार सहित आफूले यहांँका आश्रितलाई भोजन गराउन पाउंँदा आत्मसन्तुष्टी मिलेको उहांँले बताउनु भयो । कार्यक्रममा बैंकका नायब प्रमुख अधिकृत ह्दयराज घिमिरे लगायत अन्य कर्मचारीको सहभागिता रहेको थियो ।






