चितवनः बंदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १२ नौरङ्गे का ४० बर्षिय दिपक बिक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार बिकलाई असोज ७ गते शुक्रबार बिहान हिड्ने क्रममा आक्रमण गरेको थियो । आक्रमणबाट घाईते बिकको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।






